Home Bibles ☰ Books अय्यूब 9:26 · नेपाली बाइबल
अय्यूब 9:26 · नेपाली बाइबल

मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्। मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बित्छ।

Cross references

2 शमूएल 1:23

शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।

अय्यूब 39:27

के तिमी मात्र हौ जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ। के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?

हितोपदेश 23:5

धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।-8-

यशैया 18:2

त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोलेबनिएका डुङ्गाहरूमा पठाइन्छ।हे फूर्तिला समाचार-वाहकहरू! ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्! सबै ठाउँका मानिसहरू ती अल्गा अनि बलिया मानिसहरूदेखि डराउँछन्। तिनीहरू बलियो जाति हुन्। तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्। नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।

यर्मिया 4:13

हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।

विलाप 4:19

ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।

हबकूक 1:8

तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।

Interlinear

Choose Theme