Home Bibles 2 राजा 24:4 · नेपाली बाइबल
2 राजा 24:4 · नेपाली बाइबल

परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए। र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।

Cross references

गन्ती 35:33

“निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।

व्यवस्था 19:10

तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन।

व्यवस्था 29:19

“कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन। त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।

2 राजा 21:16

अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।”‘

2 राजा 23:26

तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोडनु भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो।

भजनसंग्रह 106:38

उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे। तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।

हितोपदेश 6:17

आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

यर्मिया 2:34

तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।

यर्मिया 15:1

परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।

यर्मिया 19:4

म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए।

यर्मिया 22:17

तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।

विलाप 3:42

उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”

इजकिएल 22:3

तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।

इजकिएल 24:8

मैले त्यसको रगत खुल्ला चट्टानमा हालें। यसकारण यो नछोपियोस्। मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होस् अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।’

इजकिएल 33:25

“तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?

Interlinear

Choose Theme