Home Bibles यर्मिया 22:17 · नेपाली बाइबल
यर्मिया 22:17 · नेपाली बाइबल

तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।

Cross references

प्रस्थान 18:21

तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।

यहोशू 7:21

हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी कोट मुनि छ।”

1 शमूएल 8:3

तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।

1 राजा 21:19

आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘

2 राजा 23:37

यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।

2 राजा 24:4

परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए। र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।

2 इतिहास 36:8

अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू “इस्राएल अनि यहूदाका राजाहरूका इतिहास” नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीन यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीन यहोयाकीमका छोरा थिए।

अय्यूब 31:7

यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए, यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,

भजनसंग्रह 10:3

दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।

भजनसंग्रह 119:36

मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।

यर्मिया 7:6

तिमीहरू परदेशीहरूसँग इमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्न पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुयायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।

यर्मिया 8:10

यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।

यर्मिया 19:4

म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए।

यर्मिया 22:3

परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा पारेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार।

यर्मिया 26:22

तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो।

यर्मिया 26:23

तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाडने चिहानमा फ्याँकिदिए।

इजकिएल 19:6

त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो। त्यो जवान सिंह एउटा बलवान सिंह भयो। उसले आफ्नो शिकार पक्रन सिक्यो। उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।

इजकिएल 19:7

उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो। त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे जतिबेला त्यसको गर्जन सुन्थे।

इजकिएल 19:9

तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए। तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए। अब त्यसको गर्जन तिमीहरूले इस्राएलको पर्वतमा सुन्नेछैनौ।

इजकिएल 22:6

“‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्।

इजकिएल 33:31

यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

मीका 2:2

तिनीहरुले जमीनको चाहना गर्छन् भने तिनीहरुलाई लिन्छन्। तिनीहरुले घरहरु लिने इच्छा गर्छन भने यसलाई लिन्छन्। तिनीहरुले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्। तिनीहरुले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरु लिनेछन्।

सपन्याह 3:3

यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।

मर्कूस 7:21

सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या

लूका 12:15

फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ , तर त्यले उसलाई जीवन दिन सक्तैन।”

लूका 16:13

एकै समयमा एउटा नोकरले दुइजना मालिक्को सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”

रोमी 1:29

तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए।

1 कोरिन्थी 6:10

तर यस संसारका पापीहरूको संगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ।

एफिसी 5:3

तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किन? किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन।

कलस्सी 3:5

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।

1 तिमोथी 6:9

तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ।

याकूब 1:14

एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फसाउँछ।

2 पत्रुस 2:3

ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।

2 पत्रुस 2:14

हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।

1 यूहन्ना 2:15

संसारलाई अथवा संसारमा भएका कुराहरुलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन।

Interlinear

Choose Theme