Home Bibles ☰ Books 2 राजा 19:21 · नेपाली बाइबल
2 राजा 19:21 · नेपाली बाइबल

“सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ! सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ। उनी तिम्रो हाँसो उडाउँछन्। यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।

Cross references

अय्यूब 16:4

तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थे अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।

भजनसंग्रह 9:14

तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”

भजनसंग्रह 22:7

प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ। उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।

भजनसंग्रह 109:25

दुष्ट मानिसहरूले मलाई अपमान गरे। तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।

भजनसंग्रह 137:8

हे बेबिलोन, तिमी नाश हुनेछौ! त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौ।

यशैया 1:8

सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएको एक पुरानो छाप्रो जस्तो छ। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छ।”

यशैया 23:10

हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ। सानो नदी सम्झेर समुद्र पार गर, अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।

यशैया 23:12

परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ। तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।” तर सोरका मानिसहरू भन्दछन्, “कित्तिमहरूले हामीलाई साथ दिनेछ!” तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।

यशैया 37:21

तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’

यशैया 47:1

“हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस। कल्दीहरूकी कन्ये छोरी,भूईंमा बस। तिमी अहिले शासक होइनौ। मानिसहरू सोच्ने छैनन्, कि तिमी एकजना सुन्दरी, कोमल, सुकुमारी हौ।

यशैया 47:5

“यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ। कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ। किन? किनभने अब तिमी राज्यहरूकी रानी रहने छैनौ।”

यर्मिया 14:17

“तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।

यर्मिया 18:13

यसकारण परमप्रभु भन्नुहुन्छ, “अन्य जातिहरूलाई यो सोध, ‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं दुष्ट कर्महरू गरेको सुनेका छौ?’ अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो। इस्राएल परमेश्वरको लागि नववधु जतिकै हो।

यर्मिया 31:4

हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”

Interlinear

Choose Theme