Home Bibles 2 राजा 17:5 · नेपाली बाइबल
2 राजा 17:5 · नेपाली बाइबल

अश्शूरका राजाले इस्राएलमा धेरै ठाउँहरूमा आक्रमण गरे। त्यसपछि तिनी सामरिया आए। उनले सामरियाको विरोधमा तीन वर्ष युद्ध गरे।

Cross references

2 राजा 6:24

यस्तो घटना भएपछि अरामका राजा बेनन्हददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए।

2 राजा 18:9

अश्शूरका राजा शल्मनेसेर सामरियाको विरोधमा युद्ध गर्न गए। उनको सैनिकले शहरलाई घेरे यो घटना यहूदाका राजा हिजकियाहको शासन कालको चौथो वर्षमा भयो। एलाका छोरा होशे इस्राएलका राजा भएको सातौ वर्ष पनि थियो।

2 राजा 25:1

यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं वर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए।

यर्मिया 52:4

यसर्थ सिदकियाहको शासनकालको नवौ वर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।

होशे 13:16

सामारियाले दण्ड भोग्नेछ किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ। इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ, उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”

Interlinear

Choose Theme