Home Bibles व्यवस्था 17:18 · नेपाली बाइबल
व्यवस्था 17:18 · नेपाली बाइबल

“अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ।

Cross references

व्यवस्था 31:9

तब मोशाले व्यवस्था लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए।

व्यवस्था 31:24

यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके,

यहोशू 1:8

त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख। दिन-रात त्यस पुस्तकको अध्यान गर। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंलेजे कुरा गर्छस् त्यसमा सफल हुने छस्।

1 राजा 2:3

अब परमप्रभु तिम्रो परमेश्वरको सबै आदेशहरू सावधानीका साथ पालन गर। उहाँका सबै नियम, आदेश, निर्णय, सल्लाह र करार सावधानीका साथ पालन गर। मोशाको व्यवस्थामा लेखिएका प्रत्येक कुराको पालन गर। यदि तैंले यसो गरिस् भने तब आफूले गरेको प्रत्येक काममा अनि गएको प्रत्येक ठाउँमा सफल हुनेछस्।

2 राजा 11:12

ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”

2 राजा 22:8

प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे।”

2 इतिहास 34:15

हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक’ परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।

Interlinear

Choose Theme