किनभने आज उसले तल बेंसीमा धेरै साँढहरू, मोटा-मोटा बाछाहरू अनि भेडाहरू मेलबलि चढाउन ओर्लिएका छन्। उसले तपाईंका सबै छोराहरू, सेनापतिहरू अनि पूजाहारी एबीयातारलाई निम्ताएका थिए। तिनीहरू अहिले उनीसँग खानपानमा व्यस्त छन्। अनि तिनीहरू भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’
Cross references
शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।”त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”
त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”
दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेटून आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”
एक दिन अदोनियाहले एन्रोगेलको छेउमा जोहेलेत चट्टानमा केही भेडाहरू, गाईहरू अनि बलियो बाछाहरू एउटा मेलबलि जस्तैं बलि चढाए। अदोनियाहले आफ्ना सबै दाज्यू-भाइहरू अर्थात् राजा दाऊदका अरू छोराहरू अनि यहूदाका सबै अधिकारीहरूलाई निम्त्याका थिए।
अदोनियाहले विशाल मैत्री भोज दिदाँ धेरै गाईहरू तथा राम्रा भेडाहरू मारेर बलि चढायो। अदोनियाहले तपाईंका सबै छोराहरूलाई निम्तो दियो। उसले पूजाहारी एबीयातार अनि सेनापति योआबलाई निम्तो दियो। तर उसले तपाईंको विश्वासी छोरा सुलेमानलाई निम्तो दिएन।
त्यस ठाउँमा पूजाहारी सादोक अनि अगमवक्ता नातानले उसलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्नेछन्। तुरही बजाऊ अनि घोषणा गर, ‘यिनी नयाँ राजा, सुलेमान हुन्!’
पूजाहारी सदोकले पवित्र पालबाट तेल लगे। सादोकले उनलाई राजा देखाउनका लागि सुलेमानको शिरमा तेलले अभिषेक गरे। तिनीहरूले तुरही फुके अनि सबै मानिसहरूले र्हषित हुँदै भने, “राजा सुलेमान दीर्घायु होऊन्।”
अदोनियाहले भने, “तपाईंलाई सम्झना छ कुनै समय राज्य मेरो थियो। इस्राएलका सबै जनगण मलाई राजा ठान्दै थिए। तर स्थिति बदलियो। अहिले मेरो भाइ राजा भएको छ परमेश्वरले उसलाई राजाको रूपमा चुन्नुभयो।
तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सांडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”
ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”
अतल्याहले खाँबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरु उभिने गर्दथे। उनले अगुवाहरू र मानिसहरूलाई पनि देखिन् जो राजाका लागि तुरही फुक्दै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन, “राजद्रोह! राजद्रोह!”
यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।
अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे।
तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”
केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’
केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँडदै थिए। सबै मानिसहरू कराउँदै थिए,“उहाँको प्रशंसा गर स्वागत गर परमेश्वरले उहाँलाई आशीर्वाद गरून जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!
तिनीहरूले भने,“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। भजनसंग्रह 118:26स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”‘