आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए।यहूदाका राजा यहोशापात
Cross references
परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।
“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।
तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।
मिश्रमा हददले सुने, दाऊदको चोला उठ्यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”
सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।
रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।
अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहूदामा शासन गरेको सत्रौं वर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ वर्ष शासन गरे।
अहज्याहले परमप्रभुको विरोधमा पाप गरे। उनले त्यस्तैं कामहरू गरे जस्तो उनका पिता आहाब, आमा इजेबेल अनि नबातका छोरा यारोबामले गरेका थिए। यी सबै शासकहरूले इस्राएली मानिसहरूलाई पापतिर बढी लगे।
एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरूकहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”
परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो वर्षमा शासन गर्न शुरू गरे।
पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे।