यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ।
Cross references
कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।
“अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।
एप्रैम कष्टमा परेको छ, मेरो न्यायमा त्यो चूर्ण भएको छ, किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।
यस्तो किन हुन्छ? किनकि तिमीहरु ओम्रीको कानूनहरु पालन गर्छौ। तिमीहरु ती नराम्रा कुराहरु भन्छौ जुन कुराहरु आहाब का घरानामा गर्छन्। तिमीहरु उनीहरुको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरुलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरु हाँसोको पात्र हुनेछन्। तिमीहरु अन्य राज्यहरुको घृणाको पात्र बनिनेछौ।”