तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं।तर यदि कसैले गर्व गर्ने सहसा गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु।
Cross references
म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।
कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।
म गर्व गर्छु किन कि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु।
के तिनीहरू हिब्रु हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हूँ।
तिमीहरूसित नहूँदा म यी कुराहरू लेख्दैछु जसमा कि आउँदा खेरि मैले मेरो अधिकार कडासँग प्रयोग गर्न नपरोस्। तिमीहरूलाई विनाश गर्ने होइन तर बलियो बनाउने त्यो शक्ति प्रभुले मलाई दिनभयो।
तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन।