Home Bibles 2 कोरिन्थी 10:10 · नेपाली बाइबल
2 कोरिन्थी 10:10 · नेपाली बाइबल

कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं।

Cross references

प्रस्थान 4:10

तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँचो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू उपयोग गर्दिन।”

यर्मिया 1:6

तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”

1 कोरिन्थी 1:17

ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।

1 कोरिन्थी 1:21

परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।

1 कोरिन्थी 2:1

प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ।

2 कोरिन्थी 10:1

म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।

2 कोरिन्थी 10:9

यो पत्रद्वारा तिमीहरूलाई तर्साउदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन।

2 कोरिन्थी 11:6

साँचो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।

2 कोरिन्थी 12:5

म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व र्गदिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।

गलाती 4:13

सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सान्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें।

Interlinear

Choose Theme