त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।
Cross references
तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल” इस्राएलका परमेश्वर’ राख्यो।
किनभने म परमप्रभुको नाउँ घोषणा गर्छ, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।
तब राजा सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।
तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।
सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो होः
चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका बेंसी” भन्छन्।
जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।
एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।
नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ! तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर! तिमीहरूका हृदयहरू सधैंको निम्ति खुशी रहोस्।
मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए। तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।