Home Bibles हितोपदेश 21:3 · नेपाली बाइबल
हितोपदेश 21:3 · नेपाली बाइबल

बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।

Cross references

1 शमूएल 15:22

शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो।

भजनसंग्रह 40:7

यसैले मैले भने, “म यहाँ छु! मलाई लैजानुहोस्। म आइरहेछु। धर्मशास्त्रमा यी कुराहरू मेरो विषयमा लेखिएका छन्।

भजनसंग्रह 50:8

मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैं नै होमबलिहरू चढायौं। प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।

हितोपदेश 15:8

एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

यशैया 1:11

परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।

यशैया 1:17

राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”

यर्मिया 7:21

सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।

होशे 6:6

किनभने म अमर प्रेम चाहन्छु बलिदान होइन अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा परमेश्वरलाई बेशी जानुन्।

मीका 6:6

जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसंग के लिएर जाऊँ? के परमप्रभुको छेउमा एक वर्षको बाछो होमबलि चढाउँन लिएर जाऊ?

मीका 6:8

हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

जकरिया 7:9

सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो, ‘तिमीहरूलाई जे सत्य र उचित साग्छ त्यही गर्नु पर्छ। तिमीहरू एक अर्काप्रति दयालु र करूणामय हुनु पर्छ।

मर्कूस 12:33

अनि एउटा मानसले आफ्नो सारा हृदयले, सारा प्राणले, सारा आत्माले र सारा शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ। अनि आफूले आफूलाई प्रेम गर जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ। यी आज्ञाहरू सबै अर्पणहरू अनि परमेश्वरलाई गरिएको अरू बलिदानहरू भन्दा अत्यन्त मुख्य छन्।”

Interlinear

Choose Theme