Home Bibles यर्मिया 27:21 · नेपाली बाइबल
यर्मिया 27:21 · नेपाली बाइबल

सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए।

Cross references

2 राजा 20:17

समय आउँदै छ जब तिम्रो महलका सबै चीजहरू र तिम्रा पिता-पुर्खाहरूले थुपारेका सबै चीजहरू बाबेलमा लगिनेछन्। केही पनि छोडिने छैन। परमप्रभु यस्तो भन्नुहुन्छ।

2 इतिहास 36:18

नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।

एज्रा 1:7

राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए।

एज्रा 1:11

त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए।र्

यशैया 39:6

‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ सेनाहरूका परमप्रभुले भन्नुभयो यी कुराहरू।

यर्मिया 20:5

शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।

विलाप 1:10

शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।

Interlinear

Choose Theme