Home Bibles ☰ Books दानियल 5:3 · नेपाली बाइबल
दानियल 5:3 · नेपाली बाइबल

जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए।

Cross references

न्यायकर्ता 19:1

त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्।एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।

2 इतिहास 36:18

नबूकदनेसरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो हो वा सानो बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।

यशैया 5:14

तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।

यर्मिया 50:28

मानिसहरू बाबेलबाट भागिरहेका छन्। मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन् तिनीहरू भन्दैछन् परमप्रभु हाम्रा परमेश्वरले उहाँको र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।

होशे 2:8

“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।

हबकूक 1:11

फेरि उनिहरु अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अघाडी बढेर जान्छ, कल्दी मानिसहरु आफ्नो शक्तिको पूजा गर्छन्।”

मलाकी 1:12

तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ परमप्रभुको टेवल पवित्र छैन्।

1 थिस्सलोनिकी 5:3

मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

Interlinear

Choose Theme