Home Bibles ☰ Books 2 इतिहास 32:5 · नेपाली बाइबल
2 इतिहास 32:5 · नेपाली बाइबल

हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।

Cross references

न्यायकर्ता 9:6

तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।

2 शमूएल 5:9

दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए।

1 राजा 9:24

फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।

1 राजा 11:27

यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए।

2 राजा 12:20

योआशका अधिकारीहरूले उनको विरोधमा योजनाहरू बनाए। तिनीहरूले योआशलाई सिल्लासम्म जाने सडकमाथि मिल्लोको घरमा मारे।

2 राजा 25:4

नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे।

2 इतिहास 12:1

रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

2 इतिहास 14:5

आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी राज्यमा शान्ति थियो। जब आसा राजा थिए।

2 इतिहास 17:1

यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लडन सकून।

2 इतिहास 23:1

छःवर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिक्रीका छोरा एलीशापात थिए।

2 इतिहास 25:23

योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हातलामो अंश भत्काइ दिए।

2 इतिहास 26:8

अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।

2 इतिहास 26:14

उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए।

Interlinear

Choose Theme