Home Bibles ☰ Books 2 इतिहास 17:1 · नेपाली बाइबल
2 इतिहास 17:1 · नेपाली बाइबल

यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लडन सकून।

Cross references

1 शमूएल 23:16

तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे।

1 राजा 15:24

तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।

1 राजा 22:41

आहाब इस्राएलका राजा भएको समयमा चौथो वर्षमा यहोशापात यहूदाका राजा भए। यहोशापात आसाका छोरा थिए।

2 राजा 1:17

परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो वर्षमा शासन गर्न शुरू गरे।

1 इतिहास 11:10

यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।

2 इतिहास 12:1

रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

2 इतिहास 26:8

अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।

2 इतिहास 32:5

हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।

इजकिएल 7:27

तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”

मत्ती 1:8

आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए।

एफिसी 6:10

मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन।

Interlinear

Choose Theme