Home Bibles ☰ Books 2 इतिहास 21:6 · नेपाली बाइबल
2 इतिहास 21:6 · नेपाली बाइबल

तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेरे परमप्रभुको दृष्टिमा नराम्रो काम गरे।

Cross references

1 राजा 12:28

यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”

1 राजा 16:25

ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए।

2 राजा 8:18

तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।

2 इतिहास 18:1

यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए।

2 इतिहास 20:35

पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे।

2 इतिहास 22:2

अहज्याह 22 वर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक वर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो।

2 इतिहास 28:2

आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।

नहेम्याह 13:25

यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाए, “तिनीहरूलाई आदेश दिए तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।

Interlinear

Choose Theme