1 शमूएल
Chapter 29
नेपाली बाइबल1पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले।
2पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे।
3पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?”आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुनू। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।”
4तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा उ फर्कनु पर्छ। रणभूमिमा उ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ।
5दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः“शाऊलले हजार शत्रुहरू मारेतर दाऊदले दश हजार मारे।”
6यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्।
7शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।”
8दाऊदले सोधे, “मेरो गल्ती के हो?” जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्धगर्न मलाई किन बाधा दिनुहुन्छ?”
9आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’
10भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।”
11यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाहिं यिज्रेल तिर बढ्ढे।
Bible Study with Steffi App
Download Free ↗
Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.