Home 1 यूहन्ना 2 · नेपाली बाइबल

1 यूहन्ना

Chapter 2

नेपाली बाइबल
1मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।
2येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।
3यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं।
4एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरुको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन।
5तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुसरण गरिरहेछौ।
6यदि कुनै व्यक्तिले उ परमेश्वरमा बाँच्न चाहन्छ भने उ येशू बाँचे झैं बाँच्नु पर्छ।
7मेरा प्रिय मित्रहरु, म तिमीहरुको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरुले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरुले अघि नै सुनिसकेको शिक्षा हो।
8तर पनि म तिमीहरुको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरु स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।
9एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु। तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरुलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ।
10जसले आफ्ना भाइ अनि बहिनीहरुलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन।
11तर मानिस जसले आफ्ना भाइहरुलाई घृणा गर्छ तब उ अन्धकारमा हुन्छ। त्यस मानिस अन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।
12प्रिय बालकहरु, म तिमीहरुलाई लेख्छु, किनभने तिमीहरुका पापहरु ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
13पिताहरु, म तिमीहरुलाई लेखिरहेछु, किनभने तिमीहरु उहाँलाई चिन्दछौ, जो शुरुदेखि असित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
14बालकहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु पितालाई चिन्दछौ। पिताहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरु बलियो छौ, अनि परमेश्वरको वचन तिमीहरुमा बस्छ अनि तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
15संसारलाई अथवा संसारमा भएका कुराहरुलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन।
16संसारमा भएका नराम्रा कुराहरु यी हुन्हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरुको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरुको चाहाना गर्नु, हामीसित भएका कुराहरुप्रति घमण्ड गर्नु।तर ती कुराहरु पिताबाट आएका होइनन्। ती सबै कुराहरु संसारबाट आएका हुन्।
17मानिसहरुको इच्छा अनुसारको चीजहरु लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैंको निम्ति रहन्छ।ख्रीष्टको शत्रुहरुलाई नपछ्याऊ
18मेरा प्यारा बालकहरु, अन्त धेरै नजिक छ। तिमीहरुले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरु यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ।
19ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।
20तिमीहरुसित पवित्र “एक”ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरु सबैले सत्य जान्दछौ।
21मैले तिमीहरुलाई किन लेख्नु? के, मैले तिमीहरुलाई सत्य जान्दैनौं भनेर लेख्नु? अहँ! म यो पत्र तिमीहरुले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरु जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।
22यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि उ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ।
23त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।
24जुन तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरुमा रहन्छ भने तिमीहरु पुत्र र पितामा रहनेछौ।
25अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।
26म ती मानिसहरुको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्।
27ख्रीष्टले तिमीहरुलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरुसित अझ छ। यसर्थ तिमीहरुलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरुलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरुलाई सिकाएको छ त्यसैमा अडी बस।
28हे, मेरा प्यारा बालकहरु, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन।
29तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme