Home Bibles ☰ Books 1 तिमोथी 6:5 · नेपाली बाइबल
1 तिमोथी 6:5 · नेपाली बाइबल

यसले दुषित मन हुने मानिसहरूबाट र्तकविर्तक पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू संझन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।

Cross references

2 राजा 5:20

तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”

यशैया 56:11

तिनीहरू भोको कुकुरहरू जस्ता छन्। तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्। तिनीहरूले आफ्ना भेंडाहरू मन पराउँछन् जो भडकिएर टाढा गएकाछन्। तिनीहरू लोभी छन्। तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।

यर्मिया 6:13

“इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।

यर्मिया 8:10

यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।

इजकिएल 33:31

यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

मत्ती 7:17

त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ।

मत्ती 12:33

“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्ष नै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ।

मत्ती 21:13

येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।”

मत्ती 23:13

“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।

यूहन्ना 3:19

मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए।

प्रेरित 8:18

प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।

प्रेरित 19:24

त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए

Interlinear

Choose Theme