Home Bibles ☰ Books प्रकाश 18:3 · नेपाली बाइबल
प्रकाश 18:3 · नेपाली बाइबल

पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरुले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरु उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

Cross references

हितोपदेश 23:1

यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ।

यशैया 47:15

त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ। जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाडनेछन्। प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन् अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”

यर्मिया 51:7

बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।

यर्मिया 51:34

सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।

विलाप 4:5

ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।

इजकिएल 27:9

गबालका बूढा-प्रधानहरू अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी टाल-टुल गर्नुको निम्ति जहाजमा थिए। समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।’

लूका 7:25

मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।

2 पत्रुस 2:1

विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।

प्रकाश 14:8

तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्यो अनि भन्यो, “उ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरुलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”

प्रकाश 17:2

पृथ्वीका राजाहरुले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरु उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”

प्रकाश 18:9

“पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।

प्रकाश 18:11

“पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।

प्रकाश 18:23

तेरोमा बतीको ज्योति फेरि कहिल्यै चम्कनै छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरु संसारका महामानवहरु थिए, समस्त राष्ट्रहरु तेरो जादू-टुना मुनाले छलिएका थिए।

Interlinear

Choose Theme