Home Bibles ☰ Books तीतस 1:15 · नेपाली बाइबल
तीतस 1:15 · नेपाली बाइबल

शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।

Cross references

हितोपदेश 21:4

घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।

हाग्गै 2:13

त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

जकरिया 7:5

“पूजाहारी अनि देशका सबै मानिसहरुलाई भन, ‘उपवास र विलाप तिमीहरुले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!

मत्ती 15:18

मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ।

लूका 11:39

यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।

प्रेरित 10:15

तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!”

रोमी 14:14

म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।

रोमी 14:20

भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

रोमी 14:23

तर कसैले शंका गर्दै केही कुरो खान्छ भने उ स्वयं नै दोषी हुँदछ। किन? किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।

1 कोरिन्थी 6:12

ती जो मण्डली बाहिरका हुन् तिनीहरूलाई जाँचिरहने मेरो काम होइन। तिनीहरू त परमेश्वर आफै द्वारा जाँचिने छन्। तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।।

1 कोरिन्थी 8:7

तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफै निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैलाई दोषी सम्झन्छन्।

1 कोरिन्थी 10:23

“सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर जम्मै कुराहरूले सबैलाई बलियो बनाउँदैन।

1 कोरिन्थी 10:25

मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खायो।

1 कोरिन्थी 10:31

यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।

1 कोरिन्थी 11:27

त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ।

1 तिमोथी 4:3

ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्।

Interlinear

Choose Theme