Home Bibles ☰ Books 1 कोरिन्थी 14:1 · नेपाली बाइबल
1 कोरिन्थी 14:1 · नेपाली बाइबल

प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।

Cross references

गन्ती 11:25

तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।

हितोपदेश 15:9

दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र इमान्दारी हुन संघर्ष गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।

हितोपदेश 21:21

जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।

यशैया 51:1

“तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।

रोमी 9:30

यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए।

रोमी 12:6

हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।

रोमी 14:19

यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

1 कोरिन्थी 12:1

दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान।

1 कोरिन्थी 12:31

तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।

1 कोरिन्थी 13:13

यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलो हो प्रेम।

1 कोरिन्थी 14:3

तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ।

1 कोरिन्थी 14:24

तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबूझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट उ जाँचिन्छ।

1 कोरिन्थी 14:37

यदि कसैले आफु अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो।

1 कोरिन्थी 14:39

यसैकारण मेरा प्रिय दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँचो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड।

1 कोरिन्थी 16:14

हरेक कुरो प्रेमपूर्वक गर।

एफिसी 1:3

उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।

Interlinear

Choose Theme