Home Bibles 1 शमूएल 2:1 · नेपाली बाइबल
1 शमूएल 2:1 · नेपाली बाइबल

हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।

Cross references

प्रस्थान 15:1

त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले।“म परमप्रभुको निम्ति गाउनेछु। उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।

प्रस्थान 15:21

“परमप्रभुप्रति गीत गाऊ, उहाँले महान कार्य गर्नु भएको छ, उहाँले घोडाहरू र सवारहरूलाई समुद्रमा फ्याँकिदिनु भयो।”

न्यायकर्ता 5:1

इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः

1 शमूएल 1:6

परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी।

1 शमूएल 1:7

शीलोमा प्रत्येक वर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने र्गथिन्। र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउदथिइन्।

1 शमूएल 2:1

हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।

2 इतिहास 20:27

त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए।

नहेम्याह 11:17

अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा।

भजनसंग्रह 9:14

तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”

भजनसंग्रह 13:5

हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!

भजनसंग्रह 18:2

परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।” मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थल हुनुहुन्छ।

भजनसंग्रह 20:5

जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं। परमेश्वरको नाउँको स्तुति गरौं। तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!

भजनसंग्रह 21:2

तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए। हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे, र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

भजनसंग्रह 35:9

तब म परमप्रभुमा र्हषित रहनेछु। जब उहाँले मलाई बचाउनु हुनेछ म र्हषित हुनेछु।

भजनसंग्रह 51:15

हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!

भजनसंग्रह 71:8

तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा म सधैं गीत गाउँदछु।

भजनसंग्रह 75:10

म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु, अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।

भजनसंग्रह 89:17

किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्‍छ, र तपाईंकै निगाहले हाम्रो सीङ “सीङ” को अर्थ “शक्तिशाली जन” हो। ठाडो पारिदिनुभएको छ।

भजनसंग्रह 89:18

साँच्‍चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्‌।

भजनसंग्रह 89:24

मेरो विश्‍वस्‍त प्रेम त्‍यससँग हुनेछ, र मेरो नाउँद्वारा त्‍यसको सीङ ठाडो हुनेछ।

भजनसंग्रह 92:10

तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सींङहरू भएको भेडा जस्तै हुनेछु। तपाईंले खास कामको लागि मलाई रोज्नुभयो, तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।

भजनसंग्रह 112:8

त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।

भजनसंग्रह 118:14

परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ!

यशैया 12:2

परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।

हबकूक 3:1

शिग्गिओनोथरागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्।

हबकूक 3:18

तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।

लूका 1:46

त्यसपछि मरियमले भनिन्

लूका 1:69

परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।

रोमी 5:11

यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

फिलिप्पी 3:3

तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन।

फिलिप्पी 4:4

सँधै प्रभुमा आनन्द गर, म दोहोर्याउँछु आनन्दित होऊ।

फिलिप्पी 4:6

कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।

1 पत्रुस 1:8

तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।

प्रकाश 18:20

हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ खुशी बन, परमेश्वरका पवित्र मानिसहरु प्रेरितहरु अनि अगमवक्ताहरु। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।”

Interlinear

Choose Theme