परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी।
Cross references
“जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।
तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”
हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।
कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ। यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।
दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।