यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किन? किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।
Cross references
जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसंग नै रहनु भयो। इश्माएल मरूभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो।
तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंडने लहुरो उपयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्।
“जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।
कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।
याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”
त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्वमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लडनका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लडनका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।
शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।
यदि मेरा पिताले तपाईंलाई चोट पुर्याउन चाहनुभएको हो भने म तपाईंलाई भन्नेछु म यहाँबाट तपाईंलाई सुरक्षित जानदिनेछु। प्रतिज्ञा गरेको काम मैले गरिन भने परमप्रभुले मलाई सजाय दिनुहुन्छ। परमप्रभु तिमीसँग रहून् जसरी उहाँ मेरा पितासँग हुनुहुन्छ।
नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”
म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।
हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।
तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ र उसले एउटा छोरो जन्माउनेछ उसको छोरोको नाउँ इम्मानुएलराखिनेछ।