अय्यूब 24:21 · नेपाली बाइबल
दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
Cross references
1 शमूएल 1:6
परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी।
अय्यूब 22:9
हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।
अय्यूब 24:3
तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।
अय्यूब 29:13
मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
अय्यूब 31:16
गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।
हितोपदेश 15:25
अहंकारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।