प्रकाश 21:16 · नेपाली बाइबल
त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लभ्बाई र चौडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।
Cross references
इजकिएल 41:4
त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।”
इजकिएल 48:8
“भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ।
इजकिएल 48:35
“चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”