Home Bibles ☰ Books 1 राजा 11:21 · नेपाली बाइबल
1 राजा 11:21 · नेपाली बाइबल

मिश्रमा हददले सुने, दाऊदको चोला उठ्‌यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”

Cross references

उत्पत्ति 45:24

त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।”

प्रस्थान 4:19

जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”

यहोशू 2:21

त्यस स्त्रीले जवाफ दिइ, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाइ गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिंडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।

1 शमूएल 9:26

भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।

2 शमूएल 3:21

अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाहँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।”दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तसँग गए।

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 राजा 2:34

यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरूभूमिमा उनको घरको नजिकै नै गाडीयो।

मत्ती 2:20

स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”

Interlinear

Choose Theme