Home Bibles ☰ Books 1 राजा 21:6 · नेपाली बाइबल
1 राजा 21:6 · नेपाली बाइबल

आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”

Cross references

1 राजा 21:2

उ यिज्रेलबाट आएको थियो। एक दिन आहाबले नाबोतलाई भने, “तिम्रो दाखबारी मलाई देऊ। म यसलाई सब्जीको बगैंचा बनाउन चाहन्छु। तिम्रो बारी मेरो महलको छेऊमा छ। म यसको बदलीमा राम्रो दाखबारी दिनेछु। अथवा, यदि तिमी चाहन्छौ भने यसको दाम रूपियाँ दिनेछु।”

एस्तर 5:9

त्यस दिन हामान खुशी अनि सन्तुष्ट भएर गए। तर जब हामानले मोर्दकैलाई राजाको द्वारमा देखे अनि मोर्देकै इज्जत गर्न हामानको अघि निउरीएनन् तब हामान मोर्दकै प्रति साह्रै क्रोधित भए।

एस्तर 6:12

त्यस पछि मोर्दकै राजाको द्वारामा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।

हितोपदेश 14:30

शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मककाउँछ।

1 तिमोथी 6:9

तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ।

याकूब 4:2

तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।

Interlinear

Choose Theme