त्यस पछि मोर्दकै राजाको द्वारामा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।
Cross references
बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।
दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।
अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।
तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।
यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।
आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”
अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो।
कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दकै राजाको द्वारमा बसेका थिए।
तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।
जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ? यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?
आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
हे परमप्रभु, म अंहकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिन। म महानकार्य गर्ने कोशिश गर्दिन म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए। नोकरहरू इनारमा गए तर तिनीहरूले पानी पाएनन्। नोकरहरू रित्तो जगहरू लिएर फर्की आए। यसकरण तिनीहरू लज्जित अनि अपमानित भए। तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।