Home Bibles 1 राजा 21:5 · नेपाली बाइबल
1 राजा 21:5 · नेपाली बाइबल

आहाबकी पत्नी ईजेबेल उनी समक्ष गइन्। ईजेबेलले उनलाई भनिन्, “तिमी किन उदास छौ? तिमीले किन खान मानेनौ?”

Cross references

उत्पत्ति 3:6

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

2 शमूएल 13:4

योनादाबले अम्नोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन तरै पनि दुब्लाउँदै छौ मलाई भन त! किन?”अम्नोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”

1 राजा 16:31

आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।

1 राजा 18:4

एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए।

1 राजा 19:2

यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।”

1 राजा 21:25

तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्।

नहेम्याह 2:2

यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।” तब म अत्यन्तै डराएँ।तब म अत्यन्त भयभीत भएँ।

एस्तर 4:5

तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्।

Interlinear

Choose Theme