Home Bibles एस्तर 5:9 · नेपाली बाइबल
एस्तर 5:9 · नेपाली बाइबल

त्यस दिन हामान खुशी अनि सन्तुष्ट भएर गए। तर जब हामानले मोर्दकैलाई राजाको द्वारमा देखे अनि मोर्देकै इज्जत गर्न हामानको अघि निउरीएनन् तब हामान मोर्दकै प्रति साह्रै क्रोधित भए।

Cross references

1 राजा 21:4

यसकारण आहाब घर फर्किए। उनी नाबोतसित रिसाएका थिए अनि उदास थिए। यिज्रेलको मानिसले भनेको कुरा उनलाई मन परेनन्। (नाबोतले भनेका थिए, “म मेरो परिवारको जग्गा दिने छैन्।”) आहाब आफ्नो ओछ्यानमा पल्टिएका थिए। उनले आफ्नो मुख अर्कोतिर पारे अनि केही नखाने भए।

1 राजा 21:6

आहाबले उत्तर दिए, “यिज्रेलबाट आएको मानिस नाबोतलाई मैले उसको बारी दिनु भनी बिन्ती गरें। उसलाई मैले भने, म उसलाई भनेको दाम दिनेछु। अथवा उसले चाहेको खण्डमा उसलाई म अर्को बारी दिनेछु। तर नाबोतले बारी मलाई दिन मानेन।”

एस्तर 2:19

कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दकै राजाको द्वारमा बसेका थिए।

एस्तर 3:2

अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊँथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए। तर मोर्दकैले झुकेर श्रद्धा गरेनन्।

एस्तर 3:5

अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।

अय्यूब 20:5

आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।

अय्यूब 31:31

मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ।

भजनसंग्रह 15:4

त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ जसले परमेश्वरलाई घृणा गर्छ। तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ। यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।

भजनसंग्रह 27:3

तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किन? किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

दानियल 3:13

यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए।

दानियल 3:16

शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।

आमोस 6:12

के घोडाहरु चट्टानमाथि दर्गुछ? अहँ। के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अहँ, तर पनि तिमीहरुले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ। तिमीले तराम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।

मत्ती 2:16

ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो। अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए।

मत्ती 10:28

मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।

लूका 6:25

तिमी अघाएकाहरूलाई, धिक्कार! किनभने तिमीहरू भोकाउनेछौ। तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार! किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।

यूहन्ना 16:20

म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।

प्रेरित 7:54

जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले।

याकूब 4:9

उदास बन, दुखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।

Interlinear

Choose Theme