यसकारण बूढा-प्रधानहरू अनि मुख्य मानिसहरूले ईजेबेलले तिनको पत्रमा बताए जस्तैं गरे।
Cross references
तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।
हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए।
“कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।
“न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।
अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।” तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे।
अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”
तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।”आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे।
तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।
यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।
धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।
न्याय हामीबाट फर्केर टाढा गयो। सत्य टाढा नै उभिन्छ। सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे। धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।
तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”
एप्रैम कष्टमा परेको छ, मेरो न्यायमा त्यो चूर्ण भएको छ, किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।
यस्तो किन हुन्छ? किनकि तिमीहरु ओम्रीको कानूनहरु पालन गर्छौ। तिमीहरु ती नराम्रा कुराहरु भन्छौ जुन कुराहरु आहाब का घरानामा गर्छन्। तिमीहरु उनीहरुको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरुलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरु हाँसोको पात्र हुनेछन्। तिमीहरु अन्य राज्यहरुको घृणाको पात्र बनिनेछौ।”
तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई ‘हेरोदकहाँ फर्केर नजाऊ’ भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अकै बाटो भएर आफ्ना निजदेशमा र्फकिए।
ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो। अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए।
तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”
पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।