Home Bibles प्रेरित 5:29 · नेपाली बाइबल
प्रेरित 5:29 · नेपाली बाइबल

पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।

Cross references

उत्पत्ति 3:17

त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,“जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।

1 शमूएल 15:24

शाऊलले शमूएललाई भने, “मैले पाप गरे। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिन। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने।

2 शमूएल 24:4

राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए।

2 राजा 16:16

उरियाह पूजाहारीले सबै काम गरे जस्तो राजा आहाजले आदेश दिएका थिए।

मर्कूस 7:7

तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरु केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’

प्रेरित 4:19

तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”

प्रकाश 14:8

तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्यो अनि भन्यो, “उ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरुलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”

Interlinear

Choose Theme