केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।
Cross references
“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।
“मानिसलाई ल्याऊ जसले शिविरबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छ। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरूञ्जेसम्म ढुङ्गाले हिर्काउनु पर्छ।
तिमीले इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ।
यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप्छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ। यदि एउटा विदेशीले निन्दा गर्छ भने उसलाई अवश्यै मार्नु पर्छ जस्तो इस्राएलमा जन्मएको निन्दालाई मार्छ।
केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)।
“यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुई अथवा तीनजना गवाहीहरू चाहिन्छन्।
त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आनन्दित भइरहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नराम्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौं।”
नीतिवचन तथा अरू कही पनि जहाँ सात कुराहरू भनिएकोछ, ती सात कुराहरू यी नै भनी कुनै निश्चय छैन। तर सात भन्दा धेरै नै भनिएकोछ। जहाँ सात होइन आठ भनिन्छ, त्यसको अर्थ धेरै भन्दा पनि अझ धेरै मानिनु पर्छ।
न्याय हामीबाट फर्केर टाढा गयो। सत्य टाढा नै उभिन्छ। सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे। धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।
प्रघान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।
यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”
तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ।