Home Bibles ☰ Books 1 राजा 15:13 · नेपाली बाइबल
1 राजा 15:13 · नेपाली बाइबल

आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।

Cross references

प्रस्थान 32:20

तब मोशाले बाछालाई पगाले र यसलाई धूलो पारे। तब उनले धूलोलाई पानीभित्र हाले, उनले त्यो पानी इस्राएलीहरूलाई पिउन कर लगाए।

लेवी 26:30

म तिमीहरूको पूजा गर्ने अग्ला स्थलहरू ध्वंश पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एक्दमै घिनलाग्दो भएका छौ।

व्यवस्था 7:5

“तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ।

व्यवस्था 9:21

तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाए, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।

व्यवस्था 13:6

“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।

व्यवस्था 33:9

आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने।

यहोशू 6:24

त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे।

2 शमूएल 15:23

सबै मानिसहरू चिच्चाई रहका थिए। राजा दाऊद र तिनका मानिसहरू मरूभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए।

1 राजा 15:2

अबियामले यरूशलेममा तीन वर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।

1 राजा 15:10

आसाले यरूशलेममा 41 वर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।

2 राजा 10:26

तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए।

2 राजा 18:4

हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।

2 राजा 23:4

तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीज हरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।

2 राजा 23:6

योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।

2 राजा 23:12

बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।

Interlinear

Choose Theme