सबै मानिसहरू चिच्चाई रहका थिए। राजा दाऊद र तिनका मानिसहरू मरूभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए।
Cross references
राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?”सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरूभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”
यदि तिमी शहर छोडछौ अनि किद्रोनको खोल्सा पारी जान्छौ भने तिमीलाई मारिने छ अनि यो नै तिम्रो आफ्नो दोष हुनेछ।”
आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।
पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे।
त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।
बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए“मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।”
यसरी नै ती बालक बढदै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।
जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।
जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।