आसाले यरूशलेममा 41 वर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।
Cross references
अबियामले यरूशलेममा तीन वर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।
आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।
जब यहोशापात 35 वर्षका थिए ऊ राजा भएका थिए। उसले येरूशलेममा 25 वर्ष शासन गरे। यहोशापातकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्।
तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।
अबियाह तीन वर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो।