Home Bibles 2 राजा 23:12 · नेपाली बाइबल
2 राजा 23:12 · नेपाली बाइबल

बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।

Cross references

व्यवस्था 22:8

“जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्‌यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।

1 राजा 15:13

आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।

2 राजा 10:26

तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए।

2 राजा 21:4

मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”

2 राजा 21:5

मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए।

2 राजा 21:21

आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए।

2 राजा 23:4

तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीज हरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।

2 राजा 23:6

योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।

2 इतिहास 15:16

राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तमभ काटेर त्यसलाई सा-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किद्रोन बेंसीमा जलाइदिए।

2 इतिहास 33:5

तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।

2 इतिहास 33:15

मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले।

यर्मिया 19:13

‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झूटो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समर्पित गरे। तिनीहरूले अरू देवताहरूलाई अर्घबलि चढाए।”‘

सपन्याह 1:4

परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्।

सपन्याह 1:5

मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु।

Interlinear

Choose Theme