Home Bibles 1 राजा 15:11 · नेपाली बाइबल
1 राजा 15:11 · नेपाली बाइबल

आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे।

Cross references

1 राजा 3:3

सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।

1 राजा 15:3

उनले त्यस्तैं सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजूरबा दाऊद जस्तो विश्वासी थिएनन्।

1 राजा 22:43

यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुशहरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो।

2 राजा 12:3

तर उनले अग्ला ठाउँहरू भत्काएनन् मानिसहरू तब सम्म पनि ती पूजा स्थनहरूमा बलिहरू दिने गर्दथे अनि सुगन्धि धूप जलाउँने गर्दथे।

2 राजा 14:3

अमस्याहले ती कामहरू गरे जो परमप्रभुले सही भन्नुभएको थियो, तर उनले आफ्ना पुर्खा दाऊदले जस्तै सम्पूर्ण रूपले परमेश्वरको अनुसरण गरेनन्। अमस्याहले ती सबै कामहरू गरे जो उनका पिता योआशले गरेका थिए।

2 राजा 15:3

अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुसरण गरे।

2 राजा 18:3

हिजकियाहले ती कामहरू गरे आफ्ना पुर्खा दाऊद जस्तै जो परमप्रभुले सही भन्नुभएको थियो।

2 राजा 22:2

योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुसरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।

2 इतिहास 14:1

अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश वर्षसम्म शान्ति थियो।

2 इतिहास 14:2

आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।

2 इतिहास 14:11

आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”

2 इतिहास 15:17

उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।

2 इतिहास 16:7

त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए।

2 इतिहास 20:32

यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुसरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे।

Interlinear

Choose Theme