Home Bibles ☰ Books 2 इतिहास 11:20 · नेपाली बाइबल
2 इतिहास 11:20 · नेपाली बाइबल

तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।

Cross references

1 राजा 15:1

अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठारहऔं वर्षमा यस्तो भयो।

1 राजा 15:2

अबियामले यरूशलेममा तीन वर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।

2 इतिहास 11:21

रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।

2 इतिहास 12:16

रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

2 इतिहास 13:1

जब राजा यारोबाम अठाह्रौं वर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए।

2 इतिहास 13:2

अबियाह तीन वर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो।

मत्ती 1:7

सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।

Interlinear

Choose Theme