Home Bibles 1 राजा 11:37 · नेपाली बाइबल
1 राजा 11:37 · नेपाली बाइबल

तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ।

Cross references

व्यवस्था 14:26

तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ।

2 शमूएल 3:21

अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाहँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।”दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तसँग गए।

1 राजा 11:26

नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।

1 राजा 12:20

इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुसरण गरिरह्यो।

1 राजा 14:7

फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ।

Interlinear

Choose Theme