Home Bibles ☰ Books होशे 8:4 · नेपाली बाइबल
होशे 8:4 · नेपाली बाइबल

तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।

Cross references

1 राजा 12:16

इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौ! के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए।

1 राजा 12:28

यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”

1 राजा 13:34

त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।

1 राजा 16:31

आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।

2 राजा 15:10

याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्‌यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।

यर्मिया 44:7

यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “मूर्तिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्न नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहूदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ?

इजकिएल 18:31

म तिमीलाई मार्न चाहदिन्। दया गरि फर्केर आऊ अनि बाँच!”

होशे 2:8

“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।

होशे 13:2

इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे।

होशे 13:9

“हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु।

मत्ती 25:12

“दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’

लूका 13:25

यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्‌ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”

लूका 13:27

अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।

यूहन्ना 10:14

“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।

गलाती 4:9

अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?

Interlinear

Choose Theme