Home Bibles ☰ Books होशे 11:12 · नेपाली बाइबल
होशे 11:12 · नेपाली बाइबल

“एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ। इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्‌यंत्र रचे। तर यहूदा अहिले सम्म परमेश्वरसँग छ। यहूदा पवित्र र साँचो छ।”

Cross references

उत्पत्ति 32:28

तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”

2 राजा 18:4

हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।

2 इतिहास 29:1

हिजकियाह जब पच्चीस वर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्।

भजनसंग्रह 78:36

तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित इमान्दार थिएनन्।

यशैया 29:13

मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।

यशैया 44:20

त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। उ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”

यशैया 59:3

तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।

होशे 4:2

मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।

होशे 4:15

“हे इस्राएल! तैंले एक वेश्या समान व्यवहार गरे ता पनि यहूदा दोषी नहुन्, न त तिमीहरू गिलगालमा आऊ, न वेतावनमा आऊ, ‘न परमप्रभुको जीवनको शपथ खाऊ।’

होशे 7:16

तिनीहरू “देवताहरूपट्टि फर्कन्छन् जो वास्तविक देवताहरू होइनन्। “तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन। तिनीहरूका अगुवाहरू तिनका क्रोघ पूर्जा वचनले गर्दा तरवारले मारिनेछन्। मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको” कारण यही हो।

होशे 12:1

एप्रैमले आफ्नो समय नष्ट गर्छ। “इस्राएल दिनभरि हावाको पछि पछि भागिहिंड्छ। प्रजाहरू ज्यादा भन्दा ज्यादा झूटो बोल्छन्, र चोरी गर्छन्। तिनीहरूले अश्शूरहरूसंग सन्धि गर्छन् अनि आफ्नो भद्राक्षको तेल मिश्र देश लिएर जान्छन्।

होशे 12:7

“याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ।

मीका 6:12

त्यस शहरका धनी मानिसहरु निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरु अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरु तिनीहरुको झूटो कुरा गर्छन्।

1 कोरिन्थी 6:2

अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो।

Interlinear

Choose Theme