1 इतिहास 9:34 · नेपाली बाइबल
यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे।
Cross references
1 इतिहास 8:28
यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
1 इतिहास 9:13
त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए।
नहेम्याह 11:1
मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे।