यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
Cross references
यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।
त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।
बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।
मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।
यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।
यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए।
यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे।
मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे।
यी बिन्यामीनका कुलहरू थिए जो यरूशलेममा बसेः मशुल्लामका छोरा, सल्लू, योएदका छोरा, पदायाहका छोरा, कोलायाहका छोरा, वासेयाहका छोरा, इतीएलका छोरा।