लेवीहरू जो सङ्गीतकारहरू अनि आफ्ना परिवारहरूका अगुवाहरू थिए मन्दिरका कोठहरूमा बस्थे। तिनीहरूका अरू काम केहि थिएन किनभने तिनीहरू दिन रात मन्दिरको कामको निम्ति ब्यस्त थिए।
Cross references
यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।
दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।
तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।
दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।
अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा।
यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए।
परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
परमप्रभुको दासहरू, परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! उहाँको प्रशंसा गर!