Home Bibles ☰ Books 1 इतिहास 6:31 · नेपाली बाइबल
1 इतिहास 6:31 · नेपाली बाइबल

यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।

Cross references

2 शमूएल 6:17

दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।

1 इतिहास 15:16

दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।

1 इतिहास 15:25

दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।

1 इतिहास 16:4

तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।

1 इतिहास 25:1

दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

भजनसंग्रह 132:8

परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठनु होस्।

भजनसंग्रह 132:14

परमप्रभुले भन्नुभयो, “यो सदा सर्वदाको लागि मेरो ठाउँ हुनेछ। यो ठाउँ मैले रोजें जहाँ म हुने छु।

Interlinear

Choose Theme